Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोइनमाथि भेदभाव किन ? : कंगना

फिल्मीखबर, काठमाण्डौ, 2017/09/16
 
बलिउडमा आफ्नो सानदार अभिनयका लागि चर्चित कंगना रनौतले अभिनेताको बाराबरी अभिनेत्रीले पारिश्रमिक पाउनु पर्ने बताएकी छिन् । उनले लामो समयदेखि बहस चलाउँदै आएकी छिन् कि अभिनेता र अभिनेत्रीमा पारिश्रमिकलाई लिएर भेदभाव किन ? कंगनाले भनिन्, 'बलिउडमा कयौ अभिनेत्रीहरु छन्, जो बोल्छन् कि अभिनेता जसरी अभिनेत्रीले बक्स अफिसमा राम्रो कमाई दिन सक्दैनन् । त्यसैले अभिनेता सरह अभिनेत्रीले पारिश्रमिक माग्न मिल्दैन । म भन्छु कि यदी हामी नै आफूलाई छोटो सम्झन्छौ भने आगामी दिनमा पनि अभिनेत्रीमाथि भेदभाव भइरहन्छ ।' 
 
कंगनाले अगाडि भनिन्, 'कुनै फिल्मका लागि म ३६५ दिन काम गर्छ, जति अभिनेताले गर्छन् । अनि बराबरी पारिश्रमिक म किन नमानुँ । जसलाई पनि पारिश्रमिक उसको मिहिनेतलाई देखेर दिने गरिन्छ । यहाँ पुरुष र महिलाको कुरा छैन । बलिउड इन्डस्ट्री अभिनेताहरुको मात्र होइन । मैँले यो दश वर्षमा कयौ रेकर्ड बनाएको छु अनि मैँले किन बराबरी पारिश्रमिक नमाग्ने ?' शुक्रवारबाट कंगना अभिनित फिल्म 'सिमरन' प्रदर्शनमा आएको छ ।
Most Visited News (monthly)