.jpg)
कात्तिक २ गतेबाट झण्डै ८ वर्षपछि पर्दामा फर्किएको जोडी नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’ हलमा लाग्दैछ । फिल्ममा समावेश 'चिरवीर चिरवीर चाँचरी' बोलको गीतले बजारमा धूम मच्चाइरहेको अवस्थामा केहीदिन अगाडि मात्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भयो । आर्यन सिग्देल र रेखा थापाको प्रेममा राजन इशान भिलेन बनेका छन् ।
ट्रेलरले अहिले सर्वत्र तारिफ बटुलिरहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, अवरोध र द्धन्द्ध समावेश छ । तर, ट्रेलरले एउटा प्रश्न उब्जाएको छ । ट्रेलरको अन्तिम सिनमा नायिका रेखा थापाले बाँया पट्टिको भाग एउटा पछ्यौराले आधा अनुहार छोपेकी छिन् । पछ्यौराले छोपेको भागभित्र धेरै रहस्य लुकेको अनुमान लगाउन सकिन्छ । आफ्नो बनाउन नसकेपछि राजनले एसिड छ्यापेका पो हुन कि ? ट्रेलर हेरेपछि यस्ता अनुमान पनि लगाइएका छन् । यथार्थ के हो त्यो भने कात्तिक २ गते नै थाहा हुनेछ ।
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् ।
यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।
ट्रेलर हेर्नुहोस् :-

