मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.38/5.00)
Text size:-
+
-

‘जोनी जेन्टलम्यान’को सुखद ओपनिङ

फिल्मीखबर, काठमाण्डौ, 2017/09/15
 
शुक्रबारबाट रिलिज भएको फिल्म ‘जोनी जेन्टलम्यान’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । निर्माण घोषणाको समयदेखि नै चर्चामा रहेको फिल्मको पहिलो दिन मल्टिप्लेक्स तथा सिंगल स्क्रिन दुबैतिरको ओपनिङ सुखद छ । रिलिजको पहिलो दिन काठमाडौंका मल्टिप्लेक्स तथा सिंगल स्क्रिनका बिहानी शो तथा दिवा शोमा अधिकांश पर्दा हाउसफूल रहे । बिहान ३०, दिउँसो र साँझ ८० प्रतिशत आसपासको अकुपेन्सीसहित फिल्मले पहिलो दिन सुखद ओपनिङ गरेको वितरक सुनिल मानन्धरले जानकारी दिए । 
 
शनिवार सार्वजनिक विदा भएका कारण दर्शकको चाप बढ्ने निर्माण पक्षको विश्वास छ । नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ । पल र आँचलका अलावा फिल्ममा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरी लगायतका कलाकारहरुको पनि अभिनय छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायांकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।