Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सत्रुगते’ घोषणा, फेरि पल र आँचलको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/09/15
 
चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगानीमा नेपाली फिल्म निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘सत्रुगते’को औपचारिक निर्माण घोषणा गरियो । मह संचारको प्रस्तुतीमा ‘सत्रुगते’ निर्माण हुन लागेको हो । यसअघि सुपरहिट फिल्म 'जात्रा' निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले यो फिल्मको निर्देशन गर्नेछन् । 
 
फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक प्रदीप भट्टराईले आफूले निर्देशन गरेको फिल्म 'जात्रा'भन्दा ‘सत्रुगते’ फरक रहने बताए । उनले भने, ‘जति दर्शकले 'जात्रा' मन पराउनुभयो उहाँहरुलाई त अवश्य नै ‘सत्रुगते’ मन पर्छ र नयाँ दर्शकलाई पनि फिल्मले हलसम्म तान्न सक्नेमा विश्वस्त छु ।’ हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । 
 
फिल्मको विषयमा जानकारी दिँदै मदनकृष्ण श्रेष्ठले दर्शकलाई राम्रो फिल्म पस्किने उद्येश्यले ‘सत्रुगते’ निर्माण गर्न लागेको बताए । काठमाडौं र तराईका विभिन्न ठाउँहरुमा खिचिने फिल्मको छायांकन छठ पर्वपछि सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । 
 
 
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म 'जोनी जेन्टलम्यान'का नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । यसअघि पल र आँचलले 'नाई नभन्नू ल ४' मा पनि एकसाथ काम गरेका थिए । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ । 
Most Visited News (monthly)