Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

'अनुराग'बाट एलिजाको हिरो बाहिरिए, सलोनलाई अफर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/15
 
पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच फिल्म 'अनुराग' घोषणा गरिन् । आफ्नै लगानी र अभिनयमा 'अनुराग' निर्माण गर्न लागेकी एलिजाले आफ्नो अपोजिटमा मोडल दीपक घिमिरेलाई अनुवन्धित गरेकी थिइन् । तर, हालैमा एलिजाको प्रोजेक्टबाट दीपकले हात झिकेका छन् । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक सत्यराज चौलागाईले भने, 'हो, दीपक घिमिरे 'अनुराग'बाट बाहिरिनु भएको छ । कुनै मनमुटावका कारण उहाँले फिल्मबाट हात झिक्नु भएको हैन । फिल्मको छायांकन सुरु हुने बेला उहाँको विभिन्न ठाउँहरुमा शोहरु भएका कारण 'अनुराग' गर्न नसक्ने हुनुभएको हो । अहिले हामी नायकको खोजी गरिरहेका छौ ।' उनका अनुसार, अहिले नायक सलोन बस्नेतसँग 'अनुराग' का लागि कुरा भैरहेको छ । 
 
करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलामा हुनेछ । छठ पर्वपछि छायांकन सुरु हुने फिल्ममा एलिजाका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा एलिजाले अनुको भूमिका निर्वाहा गर्नेछन् । 
 
फिल्ममा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ । 
Most Visited News (monthly)