
यो वर्ष बक्स अफिसमा रेकर्डतोड कलेक्सन गर्ने पहिलो फिल्म हो 'बाहुबली २' । यो फिल्मले कयौ रेकर्ड आफ्नो पोल्टामा पर्यो । 'बाहुबली २' ले रिलिजभन्दा अगाडि नै 'बाहुबली'को रेकर्ड तोडेको थियो । 'बाहुबली'को रेकर्ड तोडेको 'बाहुबली २' को रेकर्ड पनि फिल्म 'पद्मावती'ले रिलिज अगावै तोडेको छ । खबरका अनुसार, संजय लीला भंसालीको 'पद्मावती' फिल्म 'बाहुबली'भन्दा ५ सय बढी हलमा रिलिज हुँदैछ ।
१७५ करोडमा निर्माण भएको यो फिल्मको क्लाईमेक्स सिनलाई मात्र १२ करोड खर्च गरिएको छ । फिल्ममा शाहिद कपूर, दीपिका पादुकोण र रणवीर सिंह मुख्य भूमिकामा छन् । फिल्ममा सबैभन्दा बढी पारिश्रमिक दीपिकाले लिएको खबर छ । शाहिद र रणवीरले १०-१० करोडमा फिल्म गरेका हुन् । अर्को वर्ष प्रदर्शनमा आउने बताइएको फिल्मको अझै धेरै काम बाँकी नै छ ।

