Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ लागिन् नीता, अब फिल्म बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2017/09/15
 
रेखा थापा, करिश्मा मानन्धर, झरना थापा, शिल्पा पोखरेल, निशा अधिकारी लगायतका नायिकाहरु निर्मात्री बनिसकेका छन् । कतिलाई फिल्म निर्माणबाट सफलता मिलेको छ त कतिलाई कंगाल पनि बनाएको छ । नायिकाबाट निर्मात्री बन्ने सूचीमा नायिका नीता ढुंगाना पनि थपिएकी छिन् । बिहीवार २५ औं जन्मदिनको केक काट्दै नीताले आफ्नो फिल्म प्रोडक्शन हाउस लञ्च गरिन् । 
 
 
केही वर्षयता लगातार आफू अभिनित फिल्म असफल भएपछि निराश देखिएकी नीताले बिहीवार पत्रकारसँग आफ्नो 'बर्थ डे' केक काट्दै यसै वर्ष 'नीता फिल्म प्रोडक्शन'बाट फिल्म निर्माण गर्ने बताइन् । उनले भनिन्, 'केही वर्षयता जसरि म अभिनित फिल्महरु असफल भएका छन् त्यसैको कारण नै हो म आफ्नो प्रोडक्शन हाउसबाट फिल्म निर्माण गर्न कसिएकी छु । म र मेरा दर्शकको सन्तुष्टिका लागि फिल्म निर्माण गर्न लागेकी हुँ । अहिले म एउटा राम्रो स्क्रिप्ट र निर्देशक खोजिरहेको छु । सबै कुरा मिल्यो भने ६ महिना भित्रमा फिल्मको काम सुरु हुनेछ ।' 
 
उनले आफ्नो ब्यानरबाट निर्माण हुने फिल्ममा आफ्ना अभिनय रहने वा नरहने भन्ने कुराको टंगो नलागेको पनि बताइन् । नीतालाई जन्मदिनको शुभकामना दिन नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, नायिकाहरु रुपा राणा, झरना थापा, अनु शाह, सम्पदा बानियाँ, सुरविना कार्की लगायत उपस्थित थिए । उनले जन्मदिन मनाउने क्रममा चलचित्र पत्रकार संघ, नेपालको कल्याणकारी कोषमा २० हजार पनि सहयोग गरिन् ।  
 
 
बाल कलाकार हुँदै स्वर्गीय दीपक रायमाझीको चलचित्र 'चाडै आऊ'बाट नेपाली रजतपटमा नव-नायिकाको रुपमा भित्रिएकी नीताले त्यसपश्चात झण्डै २ दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । किसान, मसान, नोटबुक, लेकसाइड, भुल भुलैया, धुन, हाम्रो माया जुनी जुनीलाई लगायतका फिल्ममा नीताले अभिनय गरेकी छिन् । विशेषत: नीतालाई नृत्यमा कुशल नायिकाको रुपमा चिनिन्छ । 
Most Visited News (monthly)