Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुन हेर्ने, ‘जोनी जेन्टलम्यान’ कि ‘लिला’ ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/15
 
गएको दुई हप्ता ‘ए मेरो हजुर २’ र ‘दुई रुपैयाँ’ले सोलो रिलिज पाए । तर, यो हप्ताको शुक्रवार फेरि एकभन्दा बढी फिल्मको भिडन्त सुरु भएको छ । लभस्टोरी भनिएको फिल्म ‘जोनी जेन्टलम्यान’ र थ्रिलर सस्पेन्स फिल्म ‘लिला’ले आजबाट प्रदर्शन आरम्भ गरेका हुन् । यी दुई फिल्म मध्ये कसले जित्ला त दर्शकको मन ? अब यो त फिल्म हेरेर फर्किएका दर्शकहरुको प्रतिक्रियाबाट नै थाहा हुनेछ । 
 
दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं :-
 
‘जोनी जेन्टलम्यान’
 
नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । 'म यस्तो गीत गाउँछु' हिट भएपछि पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' अहिले प्रतिक्षित बनेको छ । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायांकन, पारस विक्रम शाह र देव महर्जनको द्वन्द्व, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । 
 
‘लिला’
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 
फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रुव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । 
Most Visited News (monthly)