
दर्शक हलसम्म तान्न नेपाली निर्माताहरु हरेक उपाय उपनाउने गर्छन् । यस्तैमा शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म 'दुई रुपैयाँ' टिमले पनि अनौठो अफर दर्शकलाई प्रदान गरेको छ । बिहीवार रु. २ रुपैयाँ तिरेर दर्शकले फिल्म 'दुई रुपैयाँ' हेरे । फिल्मको नाम अनुसार निर्माण पक्षले रु. दुई रुपैयाँ लिएर आउने सय जना दर्शकलाई फिल्म 'दुई रुपैयाँ' हेर्न दिने अवसर दिएको हो ।
बिहीवार १२ः३० बजेको शोको टिकट सय जना दर्शकले रु. २ रुपैयाँ तिरेर फिल्म 'दुई रुपैयाँ' हेर्ने मौका पाए । दर्शकको अत्याधिक चापको कारण सय जनालाई मात्र भनिएको टिकट ५० वटा थप गर्नु परेको निर्देशक असीम शाहले जानकारी दिए । बिहान ११ बजेबाट काट्न सुरु गरिएको टिकटका लागि सात बजेबाट नै कुमारी हलमा दर्शकको भिड लागेको थियो ।
.jpg)
दर्शकसँग साक्षात्कार गर्न फिल्मका निर्देशक असीम शाह र कलाकार बुद्धि तामाङ उपस्थित थिए । रु. दुई रुपैयाँमा फिल्म हेर्न उपस्थित दर्शकमाझ कलाकार बुद्धि तामाङ क्रेज गज्जबको देखिन्थ्यो । ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान लगायतको पनि अभिनय रहेको छ ।

