
भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘लिला’को बिहीवार राजधानीको गोंगवुमा रहेको विएसआर मुभिजमा प्रेम शो गरिएको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकसहित फिल्मका नायक राज कटुवाल, निर्देशक रमेश कोइराला, कार्यकारी निर्माता सिपी पौडेल लगायत प्रेस शोमा उपस्थित थिए ।
लाइन्स क्लबको आयोजनामा गरिएको प्रेस शोमा फिल्मले उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । पत्रकारसँग कुराकानी गर्दै निर्देशक रमेश कोइरालाले भने, 'प्रेस शोबाट पाएको प्रतिक्रियाले निकै उत्साहित भएका छौ । प्रेस शोबाट पाएको उत्कृष्ट प्रतिक्रियापछि हामीले गरेको मिहिनेत सफल भएको महुशस भएको छ । अब दर्शकमाझ भोलीबाट फिल्म अधिकांश सिनेमा घरहरुमा लाग्दैछ । आशा छ दर्शकले पनि फिल्म मन पराउनु हुनेछ ।'
फिल्ममा समावेश दुई गीत 'साँच्चै विशेष छौ' र 'ढाकाकै चोलीमा' बोलको गीत अहिले निकै चर्चामा छ । फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।

