मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पन्जा २’ को मोफसल टुर सुरु

फिल्मीखबर, काठमाण्डौ, 2017/09/13
 
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पन्जा २’ ले ‘एक्सप्रेस कमेडी टुर’ अन्तर्गत मोफसल दौडाहा सुरु गरेको छ । प्रदर्शन मिति नजिकिंदै गर्दा फिल्मको जम्बो टोली मोफसलका दर्शक तथा मिडियासँग सात्क्षात्कार गर्न भदौ २८ गते निक्लिएको हो । भाद्र २९ गते दमकमा दर्शकसँग रमाईलो गर्दै सुरु हुने ‘छक्का पन्जा २’ को ‘एक्सप्रेस कमेडी टुर’ ३० गते इटहरी, ३१ गते हेटौँडा, असोज १ गते नारायणगढ, २ गते बुटवल हुँदै ३ गते पोखरा पुग्ने निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए ।
 
पोखराबाट राजधानी फर्किने ‘छक्का पन्जा २’ टिम फिल्म रिलिज पश्चात पुनः हल रिपोर्ट बुझ्न मोफसलका बाँकी स्थानमा पुग्नेछ । कमेडी टुरमा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका प्राय सम्पूर्ण कलाकार उक्त टुरमा सहभागी हुने निर्देशक दीपाश्री निरौलाले बताइन ।
 
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । 
 
दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।