मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सगरमाथा आरोहणपछि गुमनाम अर्जुन !

फिल्मीखबर, काठमाण्डौ, 2017/09/13
 
विश्वकै अग्लो शिखर सगरमाथा आरोहणपछि नायक अर्जुन कार्की फिल्मी पर्दाबाट टाढा छन् । अहिले उनी के गर्दैछन् सायद कमैलाई थाहा होला । लगातार आफू अभिनित फिल्महरु असफल भएपछि व्यापार व्यावसाय गर्दै आएका अर्जुन बेला-बखतमा चलचित्र कलाकार संघले आयोजना गर्ने कार्यक्रमहरुमा भने देखिने गर्छन् । तर, उनी अभिनित फिल्म दर्शकहरुले झण्डै ६ वर्षदेखि हलमा हेर्न पाएका छैनन् । 
 
एकसमय एक्सन नायकको रुपमा परिचित अर्जुनले 'धूम', 'महान', 'दोस्ती', 'हाम्रो मिलन कहिले हुन्छ', 'इज्जतदार', 'टक्कर दुई मुटुको', 'बजार' लगायतका दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । सगरमाथा आरोहण गर्दा हिउँका कारण उनले खुट्टाका ९ वटा औला काटेका थिए । नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक सगरमाथाको शिखरमा पुगेपनि अर्जुन कार्कीको फिल्मी यात्राले भने विश्राम लिएको छ । स्रोतका अनुसार, अब उनी फिल्ममा फर्किने सोचमा छैनन् । 
 
थुप्रै फिल्ममा खतरनाक स्टन्ट दिएका अर्जुनले नायक विराज भट्टसँग धेरै फिल्ममा एकसाथ काम गरेका छन् । एकसमय उनलाई विराज भट्ट र निखिल उप्रेतीका प्रतिस्पर्धी नायकको रुपमा पनि हेरिएको थियो तर फल्प फिल्मको संख्या बढेसँगै उनी अहिले गुमनाम जस्तै भएर बसेका छन् । सगरमाथा आरोहण पश्चात अर्जुनले फिल्ममा कमब्याक गर्ने प्रयास नगरेका होइनन् तर स्क्रिप्ट बोकेर निर्माताहरु उनको घरको दैलोसम्म पुगेनन् । 
 
फिल्म जस्तै अर्जुन सामाजिक सञ्जालहरुबाट पनि उतिक्कै टाढा छन् । न मिडियामा न त बाक्लै रुपमा सार्वजनिक कार्यक्रममा नै देखिने अर्जुन साँच्चै अहिले कहाँ र के गर्दैछन् ? ५ वर्षपछि 'भैरव'बाट निखिल उप्रेती र 'जय परशुराम'बाट विराज भट्टले जसरि कमब्याक गरे कतै अर्जुनपनि फिल्मी दुनियाँमा भिज्न पुनः पर्दामा फर्किने तयारीमा त छैनन् ? यो भने हेर्न बाँकी छ ।