
बलिउडका व्याचलर अभिनेता रणवीर कपुरको विवाहको हल्लाले यतिबेला ठूलो हलचल मच्चाएको छ । माता-पिताले बुहारी खोजिरहेको हल्ला बाहिर चलेपछि हालैमा उनले मिडियामा एक बयान दिएका छन् । उनले भनेका छन्,‘म आफैँले रोजेको युवतीसँग विवाह गर्नेछु ।’
पछिल्लो पटक माता-पिताले खोजेको केटीसँग विवाह गर्ने हल्ला चलेपछि उनले मिडियामा यस्तो बताउन बाध्य भएका हुन् । अभिनेत्री कैटरीना कैफसँग ब्रेकअप भएपछि अहिले उनको विभिन्न युवतीसँग विवाहको हल्ला चलिरहेको छ । हालै उनले दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘जसलाई मनदेखि मन पराउनेछु उसैसँग विवाह गर्नेछु । बाबा-आमाले विवाहको लागि युवती खोज्दै गरेको रिपोर्ट भने गलत हो ।’
उनले भनेका छन्, ‘हो म लण्डन मम्मीसँग गएको थियो तर विवाहको लागि केटी हेर्न भने गएको थिइन् । विहे गरे भने सबैलाई थाहा भइहाल्छ नि...यो लुकाउने कुरा नै होइन ।’ उनी अहिले सञ्जय दत्तको जीवनमाथि बनिरहेको फिल्ममा व्यस्त छन् ।

