मिति : २०७४ मंसिर ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल भन्छन्, ‘श्रीको प्रेममा जोनी चुर्लुम्म’

फिल्मीखबर, काठमाण्डौ, 2017/09/13
 
यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछन् पल शाह र आँचल शर्मा अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ । प्रदर्शन मिति नजिकिँदै गर्दा आक्रामक प्रचार-प्रसारमा रहेको फिल्मको टिम अहिले मोफसल दौडाहामा छ । पोखराबाट सुरु गरेको प्रचार बुटवल, चितवन, हेटौडा हुँदै काठमाडौँमा आएर टुंगिनेछ ।
 
नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नीतिन चन्द, निर्माता एन्ड्रियु पौडेल लगायतको टिमले देश दौडाहाको क्रममा पत्रकारलाई फिल्मको विषयमा जानकारी दियो । नायक पल शाहले भने, ‘‘जोनी जेन्टलम्यान’ दर्शकले खोजे जस्तै फिल्म हो । निकै मिहिनेत गरेका छौ त्यसैले दर्शकको साथ पाउनेमा विश्वस्त छु । फिल्ममा श्रीको प्रेममा जोनी चुर्लुम्म डुबेको छ ।’ यस्तै, नायिका आँचल शर्माले आफ्नो लागि ‘जोनी जेन्टलम्यान’ चल्नै पर्ने विचार राखिन् । उनले फिल्ममा आफूले 'श्री'को भूमिका निर्वाहा गरेकामे पनि बताइन् । फिल्ममा पलले 'जोनी'को भूमिका निर्वाहा गरेका छन् । 
 
नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । 'म यस्तो गीत गाउँछु' हिट भएपछि पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' अहिले प्रतिक्षित बनेको छ । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।