मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लिलिविली' घोषणा, दुई हिरोइनसँग रोमान्स गर्दै प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2017/09/12
 
लामो समयको चर्चापछि अन्ततः फिल्म 'लिलिविली'को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको निर्माण घोषणा गरियो । निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यो फिल्ममा 'प्रेमगीत' फेम नायक प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । फिल्ममा प्रदीपले दुई नायिकासँग रोमान्स गर्दैछन् । प्रदीपको अपोजिटमा नायिकाद्धय जसिता गुरुङ र रेविका गुरुङ रहेका छन् । यी दुई नायिकाले 'लिलिविली'बाट फिल्ममा पाइला राख्न लागेका हुन् । फिल्ममा नायक अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् । 
 
गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सको संयूक्त लगानीमा निर्माण हुने यो फिल्मको छायाँकन तिहारपछि सुरु हुनेछ । चार बडिगार्डसहित फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा प्रवेश गरेका प्रदीपले 'लिलिविली' टिमसँग जोडिन पाउँदा निकै खुशी महशुस गरेको बताए । उनले भने, 'मलाई सधै एउटै प्रश्न आउने गर्थ्यो आशुषेन फिल्मस्को ब्यानरभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्नुहुन्न ? अब 'लिलिविली'ले यो प्रश्नको पनि उत्तर दिएको छ । कथावस्तु, आफ्नो भूमिका र पूरा टिम मनपरेका कारण मैँले 'लिलिविली' साइन गरेको हुँ ।' 
 
फिलमको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसअघि यो फिल्म नायक अनमोल केसीलाई अफर गरिएको खबर बाहिर आएको थियो । तर, यस विषयमा निर्देशक चाम्स भन्छन्, 'हामीले अनमोल केसी र भुवन केसीसँग कुराकानी गरेका थियौ तर कुराकानी गर्ने वितिक्कै अनमोलले फिल्म गर्नैपर्छ भन्ने छैन । प्रदीप खड्कासँग मैँले 'प्रेमगीत' रिलिज भएपछि काम गर्ने सोच बनाएको थिएँ तर प्रदीपले 'प्रेमगीत २' साइन गरिसकेका कारण हामीले सँगै काम गर्न केही ढिलाई भएको हो । निर्देशक चाम्सले यसअघि फिल्ममा नायिका शिल्पा मास्के मुख्य भूमिकामा अनुवन्धित भएपनि आपसी सहमतीमा उनले फिल्मबाट हात झिकेको पनि बताए । 
 
 
साढे दुई करोड लगानीमा बन्ने फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ । फिल्मको प्रदर्शन मिति चैत ३० गतेलाई फाइनल गरिएको छ । 
 
प्रदीप खड्कालाई थाइल्याण्ड र म्यानमारको राईट्ससहित 'लिलिविली' टिमले २२ लाख पारिश्रमिक दिएको चर्चा छ । यस विषयमा प्रदीप भन्छन्, 'पारिश्रमिक ठिलो कुरा होइन । मैँले ३०-४० लाख पारिश्रमिक लिएपनि फिल्म राम्रो छैन भने कुनै अर्थ रहँदैन । फिल्मको कथावस्तु, आफ्नो भूमिका, ब्यानर र निर्देशक हेरेपछि मात्र म फिल्म साइन गर्छु ।' प्रदीप अभिनित फिल्म 'प्रेमगीत २' साउन १३ गते प्रदर्शनमा आएको थियो । अहिले प्रदीपलाई बलियो स्टारडम भएको नायकको रुपमा हेरिने गरिन्छ ।
 

भिडियो हेर्नुहोस् :-