मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्‍यो 'नेम्पा फिल्म अवार्ड'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/12
 
अमेरिकाको टेक्सास राज्यको डालसमा डि.ए.बि.एस. इन्टरटेन्टमेन्ट टेक्सास, डालस र नेपाल चलचित्र संघसँगको सहकार्यमा २०१७ सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गतेका दिन आयोजना हुने भनिएको 'नेम्पा फिल्म अवार्ड २०१७ अमेरिका'को मिति डेढ महिना पछाडि सरेको छ । 
 
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न तयारी भैरहेको अवस्थामा टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र विजयादशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सासबासी नेपालीहरुको विशेष आग्रहमा नेपाल चलचित्र संघ र डि.ए.बि.एस इन्टरटेन्टमेन्टको छलफलबाट २०१७ नोभेम्बर ५ तारिख अर्थात् २०७४ कार्तिक १९ गते पूर्व निर्धारित स्थानमा नै भव्य, सभ्य र व्यवस्थित रुपमा 'नेम्पा अवार्ड २०१७' आयोजना गरिने संघका अध्यक्ष प्रदिपकुमार उदयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
 
नेम्पा अवार्ड २०१७ को उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । अवार्डमा १८ विधा समेटिएका छन् । गतवर्ष सर्वाधिक कमाइको रेकर्ड राख्न सफल ‘छक्का पञ्जा’ मनोनयनमा पनि १० विधामा पर्दै अवार्डमा दबदबा कायम राखेको छ ।