मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दि कर्मा'मा खेल्दैछन् यी बलिउड कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2017/09/12
 
फिल्म 'दि कर्मा'को मंगलवार राजधानीमा एक कार्यक्रमका बिच औपचारिक निर्माण घोषणा गरिएको छ। केहीदिन अगाडि फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको थियो । देव कुमार श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा भारतीय कलाकारको बाहुल्यता रहेको छ । फिल्ममा भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्मा मुख्य भूमिकामा छन् । दीपक र करणका अलावा फिल्ममा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेनाको पनि मुख्य भूमिका रहनेछ । फिल्मका लागि नायिका भने तय भएको छैन । 
 
फिल्मको घोषणा सभामा बोल्दै निर्देशक देव कुमार श्रेष्ठले आफूले निर्देशन गरेका फिल्महरु भन्दा 'दि कर्मा' फरक हुने बताए । उनले भने, 'हामीले 'दि कर्मा' नेपाली र हिन्दी दुवै भाषामा निर्माण गर्नेछौ । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा फिल्म निर्माण हुन लागेको हो ।' यस्तै, भारतीय कलाकार दीपक आनन्द र करण कुमार वर्माले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी र गर्व महशुस गरेको बताए । 
 
बलिउड तथा दक्षीण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दीपकले 'लभ सब प्यार व्यार', 'अञ्जान', 'ह्यांग टिल डेथ' लगायतका टलीउड फिल्म तथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो फिल्ममा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।
 
 
मंसिर अन्तिम साताबाट छायाँकन सुरु हुने बताइएको यो फिल्ममा रामेश्वर कार्कीको छायाँकन, जय राज रायको कथा, शुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी रहने छ । जय राज राय र नीशा खतिवडाले फिल्म निर्माण गर्न लागेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान फिल्म 'दि कर्मा'को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ ।