मिति : २०७४ मंसिर ९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

मुकेश अम्बानीकी छोरी अब हिरोइन

एजेन्सी, मुम्बई, 2017/09/12
 
स्टार किडपछि अब मुकेश अम्बानीकी छोरीले पनि बलीउडमा डेब्यू गर्ने भएकी छिन् । भारतकी सबैभन्दा धनी यूवती ईशा अम्बानीको बलीउड डेब्यूले अहिले सबैलाई चकित बनाएको छ । ईशाको पहिलो फिल्मको नाम पनि सार्वजनिक भएको छ । ईशा फिल्मक ‘ब्याटल अफ सारागढी’बाट बलीउडमा पहिलो पाइला राख्दैछिन् । खबरका अनुसार, यो फिल्ममा बलीउड स्टार अक्षय कुमार मुख्य भूमिकामा हुनेछन् । 
 
ईशाले अभिनयसँगै आफ्नै फिल्म प्रोडक्शन हाउस समेत सञ्चालन गरिसकेकी छिन् । ‘ब्याटल अफ सारागढी’लाई ईशा आफैले निर्माण गर्न लागेकी हुन् । २९ अगस्तबाट छायाँकन सुरु हुने बताइएको फिल्ममा अक्षय, करण जोहर र रेशमा शेट्टी फाइनल भैसकेका छन् । यो फिल्म निर्माणमा ईशालाई करण जोहरले पनि साथ दिनेछन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार, रिलिजको बखत फिल्मको नाम परिवर्तन हुन सक्छ । 
 
ईशा सबैभन्दा पहिला वर्ष २००८ मा निकै चर्चामा आएकी थिइन् । जब उनी मात्र १६ वर्षकी थिइन् । फोर्ब्स म्यागजीनले २००८ मा ईशाको नाम सर्वाधिक धनी परिवारकी छोरीको लिस्टमा राखेको थियो । ईशा मुकेशकी एकमात्र छोरी हुन् । ईशाले 'फेमिना म्यागजीन'का लागि फोटोसुट समेत गराएकी थिइन् ।