मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/09/11
 
कात्तिक २ गतेलाई प्रदर्शन मिति लक गरिएको आर्यन सिग्देल र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश 'चिरवीर चिरवीर चाँचरी' बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, अवरोध र द्धन्द्ध समावेश छ । आर्यन र रेखाको प्रेममा गायक तथा संगीतकार राजन इशान तगारो बनेका छन् । ८ वर्षपछि स्क्रिन शेयर गरेका आर्यन र रेखाको केमेष्ट्री ट्रेलरमा लोभलाग्दो देखिन्छ । 
 
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । 
 
यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

 

ट्रेलर हेर्नुहोस् :-