मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५ फिल्मकर्मीलाई ‘एभरेष्ट फिल्म एकेडेमी’को सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2017/09/11
 
फिल्म सम्बन्धि अध्ययन तथा अध्यापन गराउँदै आएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले यस बर्ष देखि ‘एभरेष्ट सिने अनर’ सुरु गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एकेडेमीले ‘एभरेष्ट सिने अनर’को औपचारिक सुरुवात गरेको हो । ‘एभरेष्ट फिल्म एकेडेमी’ले यस बर्षको सिने अनरको रुपमा ५ फिल्मकर्मीलाई सम्मान गरेको छ ।
 
फिल्म ‘जात्रा’बाट निर्देशक प्रदिप भट्टराई, ‘जात्रा’ बाटै नायक विपिन कार्की, ‘लुट २’ बाट सम्पादक सुरेन्द्र पौडेल र ‘लुट २’ बाटै छायाँकार पुरुषोत्तम प्रधान ‘एभरेष्ट सिने अनर’बाट सम्मानित भए । 
 
कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरिएको छ । बर्षभरी प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायाँकारलाई ‘एभरेष्ट सिने अनर’बाट हरेक बर्ष सम्मान गरिने एकेडेमीका प्रबन्ध निर्देशक बिशाल श्रेष्ठले जानकारी दिए । करीब २ बर्ष अगाडी सुरुवात गरिएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले फिल्म सम्बन्धि अध्ययन-अध्यापन गर्दै आइरहेको छ ।