मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल भन्छन्, 'पैसा लिएर जेलबाट कैदीलाई निकाल्छु'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/11
 
भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’ नायक पल शाह र नायिका आँचल शर्माका लागि निकै महत्वपूर्ण छ । स्टार बन्ने दौडमा रहेका नायक पल शाहलाई ‘जोनी जेन्टलम्यान’ सफल भए उनको दवदवा फिल्म क्षेत्रमा बढ्ने पक्का छ । यस्तै, नायिका आँचल शर्माको करिअरका लागि पनि लभस्टोरी र एक्सनको कथामा तयार भएको यो फिल्म चल्नुपर्ने छ । फिल्मले 'श्री' अर्थात् आँचलका कारण पल 'जोनी'बाट कसरि 'जेन्टलम्यान' बन्छन् भन्ने देखाउँछ । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा नायक पल शाहले ‘जोनी जेन्टलम्यान’ दर्शकले खोजे जस्तो फिल्म रहेको बताए । उनले भने, 'एउटा टोलमा बस्ने केटा, जसको एउटा जागिर छ । फिल्ममा जोनीले पैसा लिएर कैदीहरुलाई निकाल्ने काम गर्छ । जब श्रीको इन्ट्री हुन्छ तब जोनीलाई एकतर्फ माया बस्न थाल्छ । त्यसपछि म श्रीलाई फलो गर्न थाल्छु । फिल्मलाई मलाई श्रीले जोनीबाट जेन्टलम्यान बनाउँछिन् ।' कुराकानीको क्रममा पलले ‘जोनी जेन्टलम्यान’ उत्कृष्ट फिल्म बनेको बताए । 
 
यस्तै, नायिका आँचल शर्माले ‘जोनी जेन्टलम्यान’मा आफूले एउटा एनजिओमा काम यूवतीको भूमिका निर्वाहा गरेको बताइन् । उनले भनिन्, 'मैँले फिल्ममा श्रीको भूमिका निर्वाहा गरेको छु । श्रीले जोनीलाई कसरि जेन्टलम्यान बनाउँछे भन्ने कुरा दर्शकहरुले फिल्ममा हेर्न पाउनुहुन्छ ।'
 
नितिन चन्दको निर्देशन र एन्ड्रियु पौडेलको निर्माणमा तयार भएको यो फिल्ममा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ । यसअघि पल र आँचलले फिल्म 'नाई नभन्नू ल ४' मा अभिनय गरेका थिए । 'म यस्तो गीत गाउँछु' हिट भएपछि पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' अहिले प्रतिक्षित बनेको छ । फिल्ममा पललाई नितिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् ।
 
फिल्ममा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् । 

 

'जोनी जेन्टलम्यान'को ट्रेलर हेर्नुहोस् :-