मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

'विवेगम'ले कमायो १६० करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/09/11
 
अहिले साउथका सुपरस्टार अजीत कुमारको तमिल फिल्म 'विवेगम'ले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । यो फिल्ममा विवेक ओबरोयले खलनायकको भूमिका निर्वाहा गरेका छन् । २४ अगष्टमा प्रदर्शनमा आएको फिल्ममा अजित र विवेकका अलावा काजल अग्रवाल र कमल हासनकी छोरी अक्षरा हासन पनि मुख्य भूमिका छन् । यो फिल्मका निर्देशक शिवा हुन् ।  
 
'बाहुबली २' पछि हाल अजीत कुमार स्टारर फिल्म 'विवेगम'ले वर्ल्डवाइड बक्स अफिसमा इतिहास रचेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, यो फिल्मले चेन्नईमा सबैभन्दा तिव्र गतिमा ९ करोड ५ लाख कलेक्सन गर्न सफल भएको छ । यसअघि यो रेकर्ड 'बाहुबली २' ले बनाएको थियो । मलेशिया, फ्रान्स, यूएस तथा अन्य देशहरुमा पनि यो फिल्मको विजनेश दिन प्रतिदिन बढ्दै गएको छ ।  
 
ट्रेड एक्सपर्ट सुमित कादेलका अनुसार, अहिलेसम्म फिल्मले वर्ल्डवाइड १६० करोड कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको तीन दिने विकेन्डमा १०० करोड कलेक्सन गर्न सफल भएको थियो । 'बाहुबली २' ले चेन्नईमा तीन दिनमा ३.२४ करोड कमाएको थियो तर विवेगमले ४.२८ करोड कलेक्सन गरेको थियो ।