मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्पको कथामा 'माई लभ'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/10

 

फिल्म 'शिरिषको फूल'का निर्देशक डा. तोसिआकी इतोह (जापानिज निर्देशक) ले निर्देशन गरेको नयाँ फिल्म 'माई लभ–प्रमिस फर काठमाडौं' आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति र प्रिमियरको विषयमा जानकारी दियो ।  

फिल्म महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार 'माई लभ'को प्रियिमर गरिने निर्देशक तोसिआकीले जानकारी दिए । निर्देशक डा. तोसिआकीको फिल्म 'शिरिषको फूल'ले नेपालमा नेशनल अवार्ड जितेको थियो ।

पत्रकार भेटघाटमा फिल्मको बारेमा जापानबाट आएका जापानिज कलाकारहरुले पनि आफ्ना विचार राखेका थिए । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको सेरोफेरोमा फिल्म निर्माण भएको हो । क्रियशन नेपालको निर्माणमा बनेको 'माई लभ'मा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ ।

फिल्ममा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ । विशेष गरि काठमाडौं महानगरभित्र भुकम्पपछिको अस्तव्यस्ततालाई फिल्मले चित्रण गर्न खोजेको छ । जापानिज भाषामा निर्माण भएको फिल्मलाई नेपाली भाषामा डब गरिएको छ । नेपालमा प्रदर्शन हुँदा नेपाली र जापानमा प्रदर्शन हुँदा जापानिज भाषामा 'माई लभ' प्रदर्शन हुनेछ । नेपालमा 'माई लभ'को सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन् ।