मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सफल फिल्म कुर्दै मलिना, ‘लिला’ले राहत देला ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/10
 
कसैलाई एउटै फिल्मले स्टार बनाउँछ भने कतिलाई जति फिल्म गरेपनि सफलता मिल्दैन । झण्डै आधा दर्जन फिल्म गरेरपनि चर्चामा आउन नसकेकी एक नायिका हुन् मलिना जोशी । पूर्व मिस नेपाल समेत रहेकी मलिनाको फिल्म यात्रा सोचे जसरी अगाडि बढ्न सकेको छैन । डेब्यूदेखि उनी अभिनित फिल्म कुनैपनि हिट छैनन् । 
 
मलिनाले अभिनय गरेका कुनै पनि फिल्म सफल नहुनुले उनको करिअर अझै धरमराउँदो अवस्थामा छ भन्ने देखिन्छ । ‘ऋतु होस् या झुम्की’ नै किन नहोस्, दर्शकले उनलाई पत्याएनन् । यसै वर्ष उनी अभिनित फिल्म 'संरक्षण' पनि रिलिज भएको थियो तर हिट हुन सकेन । अब उनलाई आश र भर भनेकै दुई फिल्ममा छ । यही भाद्र ३० गते प्रदर्शनमा आउन लागेको फिल्म 'लिला' र कात्तिक २ गते प्रदर्शन हुन लागेको फिल्म 'रानी'माथि । यी दुई फिल्म सफल भए मलिनाको पनि हिट नायिका बन्ने सपना पूरा हुनेछ । 
 
यही भाद्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लिला'बाट सफलता मिल्नेमा मलिना विश्वस्त छिन् । के, उनलाई ‘लिला’ले राहत देला ? यो भने हेर्न बाँकी छ । फिल्ममा मलिनाका अलावा राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । 
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।