मिति : २०७४ आश्विन ४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा कमजोर 'पोस्टर ब्वाइज'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/10
 
बलीउड फिल्म 'पोस्टर ब्वाइज'ले प्रदर्शनको दुई दिनमा कमजोर कलेक्सन गरेको छ । फिल्मले दुई दिनमा भारतीय बक्स अफिसबाट कूल ४ करोड १५ लाख कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले टुविट्मार्फत जानकारी दिएका छन् । प्रदर्शनको पहिलो दिन १ कराड ७५ लाख कलेक्सन गरेको फिल्मले दोस्रो दिन २ करोड ४० लाख कमायो । पहिलो दिनको तुलानामा फिल्मको कलेक्सन ३७.१४ % उच्च छ । 
 
श्रेयस तलपडे निर्देशित यो फिल्ममा सनी देओल, बबी देवल, श्रेयस तलपड़े ,सोनाली कुलकर्णी , समीक्षा भटनागर , भारती आचरेकर लगायतका कलाकारहरुको मुख्य भूमिका छ । १५ करोडको लागतमा निर्माण भएको यो फिल्मले आफूलाई हिट सावित गर्न ३० करोड व्यापार गर्नुपर्छ । यो फिल्म अहिले भारतका १२ सय स्क्रिनमा प्रदर्शन भैरहेको छ । 
 
लागतको हिसाबले कुरा गर्ने हो भने फिल्मले बक्स अफिसमा ठिकठाक विजनेश गरेको छ । अर्जुन रामपालको फिल्म 'ड्याडी'सँग एकसाथ प्रदर्शन आरम्भ गरेको 'पोस्टर ब्वाइज'ले दोस्रो हप्तामा प्रदर्शन भैरहेको अजय देवगन अभिनित फिल्म 'बादशाहो'सँग पनि भिडन्त गरिरहेको छ । दुई फिल्मसँगको भिडन्तका कारण पनि 'पोस्टर ब्वाइज'लाई दर्शकको साथ कम मिलेको हो ।