मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'दुई रुपैयाँ'को दुई दिने कलेक्सन कति ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/10
 
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म 'दुई रुपैयाँ'ले बम्पर ओपनिङ गरेको छ । देशभरका करीब ७० बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको फिल्मको दुई दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्मले दुई दिनमा कूल २ करोड ९ लाख ५ हजार २५ रुपैयाँ कलेक्न गरेको जानकारी प्राप्त भएको छ । प्रदर्शनको दुई दिन फिल्मले मल्टिप्लेक्स र सिंगल स्क्रिनमा हाउसफूल दर्शक पाएको छ । 
 
शुक्रवार मोफसलबाट ३२ लाख ९७ हजार ६ सय ३७ रुपैयाँ र राजधानी भित्रबाट ४१ लाख ६७ हजार २ सय ८१ रुपैयाँ ग्रस कलेक्सन गरेको फिल्मले शनिवार मोफसलबाट ६१ लाख २१ हजार ७ सय ६५ रुपैयाँ र राधानीबाट ७३ लाख १८ हजार ३ सय ४२ रुपैयाँ कलेक्सन गर्‍यो । दुई दिनमा २ करोड ग्रस कलेक्सनसँगै फिल्मले आफ्नो लगानी सुरक्षित गरेको छ । 'म यस्तो गीत गाउँछु', 'प्रेमगीत २' र 'ए मेरो हजुर २' पछि यस वर्षको हिट फिल्मको सूचीमा 'दुई रुपैयाँ'ले पनि आफ्नो नाम लेखाएको छ । 
 
'कुटुमा कुटु' बोलको गीतका कारण पनि फिल्म हेर्ने दर्शकको संख्या शुक्रवार र शनिवार हलहरुमा आक्रामक देखिन्थ्यो । फिल्ममा समावेश कमेडी संवादहरुलाई दर्शकहरुले निकै रुचाएका छन् । ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा  निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।