मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अन्ततः मंसिरमा हुने भयो वेनिशा र सौगातको 'झ्यानाकुटी'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/09
 
प्रायः सधैजसो फिल्मको प्रदर्शन मितिलाई लिएर नेपाली सिनेवृतमा राम्रै चर्चा हुने गर्छ । कहिले एकै मितिमा ठूला फिल्मको भिडन्तलाई लिएर होस् वा आफूलाई कमजोर ठान्दै निर्माताले फिल्मको प्रदर्शन मिति पोष्टपोन्ड गरेका खबरहरु नै किन नहोस् मिडियामा सधै चर्चाको विषय बन्ने गर्छ । हालैमा असोज ११ गते 'छक्का पन्जा २' लाई छोड्दै फिल्म 'मंगलम'ले फागुन ४ गते लक गरेको खबर सेलाउन नपाउँदै फेरि अर्को फिल्मले आफ्नो पूर्व निर्धारित प्रदर्शन मितिबाट पछाडि हटेको छ । 
 
भाद्र ८ पछि कात्तिक १७ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म 'झ्यानाकुटी'को प्रदर्शन मिति फेरि पोष्टपोन्ड भएको छ । अब यो फिल्म मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने वितरक सुनिल मानन्धरले जानकारी दिए । कात्तिक १७ गते निशा अधिकारी अभिनित नयाँ फिल्म 'रोमियो' प्रदर्शनमा आउने भएपछि 'झ्यानाकुटी'को प्रदर्शन मिति सारिएको हो । फिल्म' झ्यानाकुटी'लाई नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेकी हुन् । 
 
सिमोस सुनवारले निर्देशन गरेको यो फिल्ममा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ । नीशा अधिकारी र सिमोस सुनवार मिलेर यो फिल्म निर्माण गरेका हुन् ।