मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानले दिए फेरि वरुणलाई पिट्ने धम्की

एजेन्सी, मुम्बई, 2017/09/09
 
बलीउडमा सुपरस्टार सलमान खानलाई धेरैले घमण्डी तथा रिसाहा नायकको रुपमा चिन्ने गर्छन् । आफ्नो रिसकै कारण उनले विश्वसुन्दरी ऐश्वर्या रायलाई पनि गुमाउनु परेको कुरा हामी सबैलाई थाहा छ ।
 
उनले रिसको झोकमा कतिबेला के गर्छन् कसैलाई थाहा हुँदैन । पछिल्लो समय भारतीय सञ्चारमाध्यममा उनको रिसको विषयलाई जोडेर एउटा घटना निकै चर्चामा आइरहेको छ । उनले अभिनेता वरुण धवनलाई पिट्ने धम्कीको खबरले बलीउड तातेको छ । भारतीय सञ्चार माध्यमका अनुसार, सलमानले बरुणलाई २० वर्षअघिनै पिट्ने धम्की दिएका थिए । फेरि भर्खरै उनले यो धम्की पुनः दोहोर्याएका छन् ।
 
आफू अभिनीत ‘जुड्वा–२’को प्रमोसनमा खटिएका वरुणले सलमानसँगको सन् १९९७ को कुरा सम्झिए । जुड्वाको सुटिङमा वरुण पनि सँगै थिए । त्यतिवेला उनले सलमानलाई अंकल भनेर बोलाएछन् । आफूलाई अंकल भनेकोमा सलमान रिसाएछन् । ‘बुबा (निर्देशक डेबिड धवन)सँग सुटिङ हेर्न गएको थिएँ, मैले उहाँलाई अंकल भनेर बोलाएँ, उहाँ रिसाउनुभयो,’ वरुणले भनेका छन्, ‘उहाँले मलाई अंकल होइन, दाइ भन दाइ भन्नुभयो । मैले फेरि अंकल भनेमा पिट्ने धम्की पनि दिनुभयो । त्यहाँदेखि म उहाँलाई दाइ नै भन्छु । उहाँले ‘जुड्वा–२’ मा मैँले कमजोर काम गरेको रहेछु भने नराम्रोसँग पिट्ने धम्की दिनुभएको छ ।’
 
वरुणले सलमान निकै सरल मिजासको भएको समेत बताएका छन् । वरुण दोहोरो भूमिकामा अभिनीत ‘जुड्वा–२’ को ट्रेलर र गीतले राम्रो चर्चा पाएको छ । फिल्म २९ सेप्टेम्बरमा रिलिज हुँदै छ ।