मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज ११ बाट सर्‍यो 'मंगलम'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/08
 
असोज ११ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म 'मंगलम' अन्ततः यो मितिमा रिलिज नहुने भएको छ । शुक्रवार एफडी कम्पनी र निर्माता छविराज ओझा बिचको बैठकबाट फिल्मलाई फागुन ४ गते प्रदर्शन गर्ने निर्णय भएको छ । असोज ११ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले 'मंगलम' को फस्ट लुक पोष्टर र एक गीत समेत सार्वजनिक गरिसकेको छ । यो मितिमा वर्षको प्रतिक्षीत फिल्म 'छक्का पन्जा २' प्रदर्शनमा आउन लागेका कारण 'मंगलम'लाई फागुन ४ मा सारिएको हो । 
 
स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, एफडी कम्पनीले एमजी दिने सहमतीमा 'मंगलम'लाई फागुन ४ गते प्रदर्शन गर्न लागेको हो । एमजी र यो मितिमा एफडी कम्पनीबाट अन्य कुनै पनि फिल्म प्रदर्शन नगर्ने निर्णय पश्चात छविराज ओझाले फागुन ४ गते 'मंगलम' प्रदर्शन गर्न राजी भएका हुन् । 'मंगलम'को प्रदर्शन मिति पोष्टपोन्ड भएपछि अब असोज ११ गते 'छक्का पन्जा २' मात्र प्रदर्शनमा आउने भएको छ । 
 
नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्म 'मंगलम'का कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।