Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सधै मौन मेनुका !

मनिष अन्जान, काठमाण्डौ, 2017/09/08
 
फिल्म खेल्ने बेलामा सियो बनेर पस्ने र खेलिसकेपछि फाली बनेर निस्कने नेपाली फिल्मकर्मीको पूरानै बानी हो । फिल्मका अन्य कलाकार भन्दा पनि यो समस्या हिरो हिरोइनमा लागू हुन्छ । फिल्म साइन गरिसकेपछि एउटा कलाकारले रिलिजसम्म पनि निर्माताले चाहेको समयमा प्रचार-प्रसारमा साथ दिनुपर्ने बुँदा उल्लेख गरिएको हुन्छ । तर, नेपालमा भने त्यस्ता बुँदालाई हिरो हिरोइनले रद्धि बनाउने गरेका छन् ।
 
आफूले खेलेका फिल्मलाई प्रचार-प्रसारका बेला बाल नदिने मध्ये अग्रपंक्तिमा पर्छिन् नायिका मेनुका प्रधान । पछिल्लो समय मेनुका फिल्मको काममा सर्वाधिक व्यस्त छिन् । तर, कुनैपनि फिल्मको प्रचारमा भने मेनुकाको अनुहार समेत निर्माताले देख्न पाउँदैनन् । आजबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म 'दुई रुपैयाँ'मा मेनुकाको मुख्य भूमिका भएपनि उनले मिडियामाझ फिल्मको बारेमा एक शब्द पनि बोलिनन् । तर, बिहीवार राजधानीमा आयोजित फिल्म 'साढे ७' को ट्रेलर रिलिज कार्यक्रममा भने मेनुका उपस्थित थिइन् । 
 
सम्भवत मेनुका पहिलो पटक यसरी फिल्मको ट्रेलर रिलिज कार्यक्रममा आफ्नो भूमिकाको विषयमा बोल्न उपस्थित भएकी थिइन् । फिल्म 'साढे ७' मा उनको मुख्य भूमिका छ । कार्यक्रम सञ्चालक नरेश भट्टराईले मेनुकालाई 'साढे ७' र 'दुई रुपैयाँ'को विषयमा आफ्नो भनाई राख्न अनुरोध गरे । फिल्म 'साढे ७' को विषयमा मेनुकाले जसोतसो आफ्नो विचार राखिन् तर 'दुई रुपैयाँ'को विषयमा खासै बोल्न चाहिरहेकी थिइनन् तर आँखै अगाडि निर्देशक असीम शाह देखेपछि उनले फिल्ममा आफूले निर्वाहा गरेको भूमिकालाई लिएर उत्साहित रहेको बताइन् । 
 
फिल्म सक्दो गर्ने तर प्रचार-प्रसारमा नहिँड्ने मेनुकाको बानीबाट अहिले निर्माताहरु दिकदार भैरहेका छन् । विशेषत मेनुका चरित्र अभिनेत्रीको रुपमा पछिल्लो समय खुबै चलेकी छिन् । कति निर्माताले उनलाई लिड नायिकाको रुपमा लिएर पनि फिल्म निर्माण गरेका छन् । फिल्ममा व्यस्त भएर मात्र हुँदैन प्रचार-प्रसारमा हिँड्नु पनि एउटा कलाकारको दाहित्व हो । मेनुकाको ध्यान अब यतातिर जान आवश्यक देखिन्छ ।  
Most Visited News (monthly)