मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्नुस् यस्ता छन् ‘टिनएज’का गीत

फिल्मीखबर, काठमाण्डौ, 2017/09/08
 
असोज २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘टिनएज’को अडियो जुकबक्स सार्वजनिक भएको छ । जुकबक्समा ५ गीत समावेश छन् । 'साला जिन्दगी बोर', 'अस्त्रले मर्दिन म', 'रुप तिम्रो', 'मेरी छोरी' र 'पल भरमै' गीत जुकबक्समा समावेश छन् । जुकबक्समा समावेश फिल्मका गीतसंगीत सुमधुर छन् । 
 
दिनेश पाख्रिङको निर्देशनमा निर्माण भएको फिल्ममा अञ्जली खड्की, नरेश वीर सिंह, सरोज शाह, प्रतिक्क्षा खड्का, कृष्ण सिवाकोटी, अजय खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ । विरु मगर र चिनीमाया वाइवा फिल्मका निर्माता हुन् भने देविका खड्का र निर्मल स्यान्ताङ 'टिनएज'का सह-निर्माता हुन् । 
 
फिल्ममा विकास चौधरी, बसन्त सापकोटाको संगीत, राजेश पायल राई, कमल खत्री, राजु गुरुङ, अञ्जु पन्त, प्रविसा अधिकारी र टिका प्रसाईको गायन, डा. हरी बराल, हरी उप्रेती र सविना केसीको शब्द र बासु न्यौपानेको छायाँकन रहेको छ । 
 
यस्ता छन् ‘टिनएज’का गीत