मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

हलमा 'दुई रुपैयाँ', जित्ला दर्शकको मन ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/08
 
प्रायः जसो प्रत्येक हप्ताको शुक्रवार दुई वा दुईभन्दा बढी फिल्महरुको प्रतिस्पर्धा हुने गर्दछ । तर, यो हप्ताको शुक्रवार भने फिल्म 'दुई रुपैयाँ'ले सोलो रिलिजको मौका पाएको छ । आजबाट देशव्यापी प्रदर्शन आरम्भ गरेको फिल्म 'दुई रुपैयाँ'सँग भिड्न अन्य कुनै पनि नेपाली फिल्म हलमा छैनन् । हुनत, गएको हप्ता पनि 'ए मेरो हजुर २' ले सोलो रिलिजको मौका पाएको थियो । 
 
काठमाडौंका मल्टिप्लेक्समा उच्च शो पाएको 'दुई रुपैयाँ'ले देशभरका करीब ८० भन्दा बढी हलहरुबाट प्रदर्शन सुरु गरेको हो । 'कुटुमा कुटु' बोलको गीतबाट नै प्रतिक्षीत बनेको 'दुई रुपैयाँ'मा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टीका पहारी, स्वस्तीमा खड्का, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा, विशारद बस्नेत, राजन इशान लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्मलाई असीम शाहले निर्देशन गरेका हुन्। असीमको यो डेब्यु निर्देशन फिल्म हो। यसअघि उनी म्युजिक भिडियो, विज्ञापन निर्देशनमा सक्रिय थिए। युट्युबमा फिल्मका गीतसंगीत र ट्रेलरलाई दर्शकहरुले खुबै रुचाएका थिए अब हलमा भने फिल्मले दर्शकको साथ कस्तो पाउने हो त्यो भने हेर्न बाँकी छ ।
 
'दुई रुपैयाँ'को ट्रेलर हेर्नुहोस् :-