मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्वाइँलाई हिरोइन खोज्दै सलमान

एजेन्सी, मुम्बई, 2017/09/08
 
बलीउड एक्टर सलमान खान आफ्नै एस.के.एफ नामको एक प्रोडक्शन हाउस चलाउँदै आइरहेका छन् । यो प्रोडक्शन हाउसबाट सलमानले सूरज पंचोली र अथिया शेट्टीलाई बलीउडमा लञ्च गरेका थिए । अब सलमान आफ्नै ज्वाइँलाई उक्त प्रोडक्शन हाउसबाट लञ्च गर्ने तयारीमा छन् । सलमान आफ्नो प्रोडक्शन हाउसमा बन्न लागेको नयाँ फिल्मका लागि अहिले नायिका खोज्दैछन् । 
 
हालैमा फिल्मका कस्टिङ डाइरेक्टर मुकेश छाबडाले सोसल साइटमा एक पोष्ट शेयर गरेका छन्, जसमा उनले यो कुराको जानकारी दिएका छन् । मुकेश छाबडाले आफ्नो पोष्टमा लेखेका छन्, 'सलमान खानको प्रोडक्शन हाउसबाट निर्माण हुन लागेको नयाँ फिल्मका लागि अहिले नायिकाको खोजी भैरहेको छ । २० देखि २५ वर्षसम्मका यूवतीले नायिकाको लागि आवेदन दिन सक्नुहुनेछ ।' 
 
खबरलाई आधार मान्ने हो भने मुकेश छाबडाले आयुष शर्माको डेब्यू फिल्मका लागि नायिकाको खोजी गरेका हुन् । आयुषको डेब्यू फिल्मका लागि एउटा सही स्क्रिप्ट मिलेको छ । आयुषले आफ्नो नयाँ फिल्मका लागि तयारी सुरु गरिसकेका छन् । सलमान यो फिल्मका लागि एक राम्रो निर्देशक पनि खोजिरहेका छन् ।