मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

नाकाबन्दीको कथा 'साढे ७' मा, यस्तो छ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/07
 
२०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा नेपाली फिल्म निर्माण भएको छ । 'साढे ७' नाम राखिएको फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरियो । गायक तथा संगीतकार सत्यराज आचार्य र नायिका मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । 
 
फिल्मको ट्रेलर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्मका निर्माता मध्येका एक गायक स्वरुपराज आचार्यले मंसिर १५ गतेलाई 'साढे ७' को प्रदर्शन मिति तय गरिएको जानकारी दिए । सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा 'साढे ७' निर्माण गरेको हो । फिल्ममा सत्य र मेनुकाको अलावा कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । 
 
फिल्ममा सत्यराज आचार्यले फोटो पत्रकारको भूमिका निर्वाहा गरेका छन् । फिल्ममा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायाँकन छ । अन्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टन्डन र विशाल चाम्लिङ फिल्मका सह निर्माता हुन् । फिल्मका प्रस्तुतकर्ता चर्चित कलाकार सुनिल थापा हुन् । 

 

ट्रेलर हेर्नुहोस् :-