मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनिष र सारुकको प्रेममा मलिना (‘रानी’ गीत)

फिल्मीखबर, काठमाण्डौ, 2017/09/07
 
कात्तिक २ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म 'रानी'को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश 'भन भन' बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।  गीतमा विजय घिमिरे र नीकिता थापाको स्वर र विजयकै शब्द तथा संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ फिचरिङ छन् । 
 
भानु महर्जन प्रस्तुतकर्ता रहेको यो फिल्मबाट नायक शिव श्रेष्ठका छोरा मनिष श्रेष्ठले नेपाली रजतपटमा पाइला राखेका छन् । फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायाँकन रहेको फिल्ममा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । फिल्मका निर्माता विमलमान गुभाजु हुन् । फिल्ममा नायक अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् । 
 
रमेश उप्रेतीद्धारा निर्मित तथा अभिनित फिल्म 'ऐश्वर्य'ले कात्तिक २ गतेबाट हात झिकेपछि 'रानी'ले यो मितिमा प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म 'रुद्रप्रिया' र बलीउडका दुई ठूला फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल ४' पनि प्रदर्शनमा आउँदैछ । 

 

भिडियो हेर्नुहोस् :-