मिति : २०८१ वैशाख २८, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक ९ : 'ऐश्वर्य'सँग 'मेरो पैसा खोइ' भिड्ने

फिल्मीखबर, काठमाण्डौ, 2017/09/07
 
कात्तिक २ गतेबाट सोलो रिलिजको मौका छोप्दै एक साता पछाडि सरेको फिल्म 'ऐश्वर्य'सँग भिड्न अर्को नयाँ फिल्म तयार भएको छ । कात्तिक ९ गते निर्माता तथा निर्देशक रोज राणा निर्देशित फिल्म 'मेरो पैसा खोइ' प्रदर्शनमा आउने पक्का भएको छ । फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, छठपर्वलाई लक्षित गर्दै 'मेरो पैसा खोइ'ले कात्तिक ९ गतेलाई आफ्नो प्रदर्शन मिति घोषणा गरेको हो । 
 
'मेरो पैसा खोइ'लाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । यसअघि यो फिल्म बलीउड निर्देशक विवेक शर्माले निर्देशन गर्ने खबर थियो तर आफूले निर्देशन गरेको फूटेज सबै डिलिट गरेर भारत भागेपछि फिल्म निर्देशनको जिम्मेवारी रोजले सम्हालेका थिए । रोजले यसअघि विराज भट्टलाई लिएर 'जय परशुराम' पनि निर्देशन गरेका थिए । 
 
भाद्र ३० गते 'जोनी जेन्टलम्यान' र 'लिला', असोज ११ गते 'छक्का पन्जा २' र 'मंगलम', कात्तिक २ गते 'रुद्रप्रिया' र 'रानी'को भिडन्तको खबरले चर्चा पाइरहेको अवस्थामा अब फेरि कात्तिक ९ गते 'ऐश्वर्य' र 'मेरो पैसा खोई'को महासंग्रामले सिनेवृतमा भूकम्प ल्याएको छ । कात्तिक २ गते बलीउडका दुई ठूला फिल्म 'सिक्रेट सुपरस्टार' र 'गोलमाल ४' सँग दुई नेपाली फिल्म 'रुद्रप्रिया' र 'रानी'को भिडन्तबाट हात झिकेको 'ऐश्वर्य'ले कात्तिक ९ गतेपनि अर्को ठूलो नेपाली फिल्मसँग भिडन्त गर्नुपर्ने भएको छ । अब जित कसको हुनेछ त्यो भने हेर्न बाँकी छ । 
 
फिल्म 'मेरो पैसा खोइ'मा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लिड अभिनय रहेको छ । चन्द्र पन्तको द्धन्द्ध रहेको 'मेरो पैसा खोइ'लाई कमेडी प्रधान फिल्म भनिएको छ ।