Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चिता र मलिनाको यादमा तड्पिए राज

फिल्मीखबर, काठमाण्डौ, 2017/09/07
 
भाद्र ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'लिला'को नयाँ गीत सार्वजनिक भएको छ । गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षीत बनेको 'लिला'मा समावेश 'मिसावट छ पिरतीमा' बोलको गीत सार्वजनिक भएको हो । युवराज चौलागाईको स्वर रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा नायक राज कटुवाललाई नायिकाद्धय सञ्चिता लुईटेल र मलिना जोशीको यादमा तड्पिएको देख्न सकिन्छ । 
 
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । सिपी पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको फिल्मको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
 
फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । 
 
भिडियो हेर्नुहोस् :-
 

Most Visited News (monthly)