मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निश्चल र आशिफ भन्छन्, 'दुई रुपैयाँ रमाइलो फिल्म'

फिल्मीखबर, काठमाण्डौ, 2017/09/07
 
भाद्र २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'दुई रुपैयाँ'को चर्चा यतिबेला सिनेवृतमा गज्जबको छ । 'कुटुमा कुटु'ले युट्युबमा दुई करोड बढी भ्यू पाएपछि त झन फिल्मप्रति दर्शकको उत्सुकता र कौतुहलता पनि बढ्दो छ । प्रदर्शनको पूर्व सन्ध्यामा देश दौडाहामा रहेको फिल्मको टिमले बुधवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्‍यो । 
 
पत्रकार सम्मेलनमा नायकद्धय निश्चल बस्नेत र आशिफ शाहले 'दुई रुपैयाँ' रमाइलो फिल्म बनेको बताए । नायक निश्चल बस्नेतले भने, 'हामीले एउटा रमाइलो फिल्म बनाउने प्रयास गरेका छौ । हामीले सुरुमा जस्तो बनाउने भनेका थियौ त्यस्तै बनेको छ 'दुई रुपैयाँ' । फिल्ममा कपाल रंग्याएर आफू मैहुँ भन्ने खाल्को भूमिका मैँले निर्वाहा गरेको छु ।' 
 
यस्तै, नायक अशिफ शाहले पनि 'दुई रुपैयाँ' रमाइलो फिल्म रहेको बताए । उनले भने, 'फिल्मको नाम सुन्दा पनि के नाम राखेको होला भनेर दर्शकहरुले सोच्नुभएको होला । नाम जति अनौठो राखिएको छ फिल्म उतिक्कै रमाइलो बनेको छ । फिल्ममा निश्चलले जुरेली र मैँले दाह्रीको भूमिका निर्वाहा गरेका छौ । दुई साथीको एउटा सानो भूल गर्दा उत्पन्न हुने समस्यालाई फिल्ममा देखाउन खोजिएको छ ।'  
 
फिल्म ‘२ रुपैयाँ’ ले मल्टिप्लेक्स पर्दामा सर्वाधिक शो पाएको छ । राजधानीका क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै फिल्मले २४ शो पाएको छ । मंगलवारबाटै फिल्मको बुकिङ खुल्ला भैसकेको छ । 
 
ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।