मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'म यस्तो गीत गाउँछु २' घोषणा, फेरि पल र पूजाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/09/06
 
यस वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'म यस्तो गीत गाउँछु'को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक सुदर्शन थापाले बुधवार आफ्नो जन्मदिनको केक काट्दै 'म यस्तो गीत गाउँछु २' को निर्माण घोषणा गरे । 'म यस्तो गीत गाउँछु २' को घोषणा सँगै सुदर्शनले अर्को नयाँ फिल्म पनि निर्माण गर्ने बताएका छन् । 
 
जन्मदिनको केक काट्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै सुदर्शनले भने, 'दर्शकहरुको चाहना अनुसार मैँले 'म यस्तो गीत गाउँछु २' निर्माण गर्न लागेको हुँ । फिल्ममा पल शाह, पूजा शर्मा र सलोन बस्नेतको मुख्य भूमिका हुनेछ । यस्तै, 'म यस्तो गीत गाउँछु २' पछि अर्को नयाँ फिल्म पनि निर्माण गर्ने तयारी छ । नाम अहिले नै हामीले फाइनल गरेका छैनौ तर दुवै फिल्ममा पल, पूजा र सलोनको नै मुख्य भूमिका रहनेछ ।' खबरका अनुसार, सुदर्शनको अनटाइटल प्रोजेक्ट भने डान्सिङ थिमको फिल्म हुनेछ । 
 
'म यस्तो गीत गाउँछु २' को छायाँकन माघबाट सुरु हुने निर्देशक थापाले बताए । उनले अगाडि भने, 'अनटाइटल प्रोजेक्ट भने 'म यस्तो गीत गाउँछु २' को छायाँकन सकिएपछि सुरु गर्नेछौ । अहिले भने हामी 'म यस्तो गीत गाउँछु २'को तयारीमा छौ ।' दुवै फिल्मलाई सुदर्शन थापाले निर्माण र निर्देशन गर्नेछन् । सुदर्शनका अनुसार, दुवै फिल्म २०७५ मा प्रदर्शन हुनेछ । फिल्मको स्क्रिप्ट लेखनमा सुदर्शनलाई सामिप्यराज तिमल्सिनाले सहयोग गर्नेछन् ।