मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

'छक्का पन्जा २' को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2017/09/06
 
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म 'छक्का पन्जा २' को ट्रेलर सार्वजनिक भएको छ । 'नाइनलको साडी' र 'झ्याम्म झ्याम्म' बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्म 'छक्का पन्जा २' को ट्रेलर बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीको समय अनुसार युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा हास्यकलाकार दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । 
 
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । 
 
दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।

 

भिडियो हेर्नुहोस् :-