मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'मंगलम' गीत : रेलको झ्याल समाएर पुष्पसँग भाग्दै शिल्पा

फिल्मीखबर, काठमाण्डौ, 2017/09/06
 
असोज ११ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म 'मंगलम'को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार औपचारिक प्रदर्शन मिति घोषणासँगै फस्ट लुक पोष्टर सार्वजनिक गरेको निर्माण टिमले बुधवार फिल्ममा समावेश लोक लयको 'पर्ख पर्ख' बोलको सार्वजनिक गरेको हो । गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ भने दिपक शर्माको शब्द-संगीत सुन्न सकिन्छ । शिल्पा पोखरेल र पुष्प खड्का छमछम नाचेको गीतको भिडियाका कोरियोग्राफर कविराज गहतराज हुन् । 
 
नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो फिल्म असोज ११ गते 'छक्का पन्जा २' सँग भिडन्त गर्दैछ । 
 
भिडियो हेर्नुहोस् :-