मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म मात्रैले फिल्म चल्दैन : पल शाह

फिल्मीखबर, काठमाण्डौ, 2017/09/06
 
चर्चित मोडल तथा नायक पल शाह चर्चामा रहिरहने नेपाली कलाकार मध्ये अग्र पंक्तिमा पर्छन् । पलले सयौँ म्यूजिक भिडियोबाट अभिनयको जादु छरिसकेका छन् भने पछिल्लो समय उनको व्यस्तता फिल्ममा पनि बाक्लिदै छ । 'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएका पलको दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' पनि प्रदर्शनमा आइसकेको छ । 
 
पहिलो र दोस्रो फिल्मबाटै स्टार नायकको रुपमा आफूलाई उभ्याएका पल अभिनित तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' यही भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । दुई फिल्मबाट सफलताको स्वाद चाखेका पल 'जोनी जेन्टलम्यान'बाट ह्याट्रिक मार्ने दौडमा छन् । पलको यो सपना पूरा होला ? त्यो भने हेर्न बाँकी छ । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा पलले 'जोनी जेन्टलम्यान' लभस्टोरी फिल्म रहेको बताए । उनले भने, 'प्रेम गर्न सजिलो छैन भन्ने कुरा 'जोनी जेन्टलम्यानले' देखाउँछ । दर्शकहरुले मलाई पहिलो पटक एक्सन अवतारमा पनि देख्न पाउनुहुनेछ । आँचल शर्मा पाउनका लागि मैँले गरेको दुःखको कथा फिल्मले बोल्छ ।' उनले 'जोनी जेन्टलम्यान' आफ्नो लागि परिक्षाको घडी रहेको पनि बताए । 
 
दुई फिल्म हिट भएपछि पल शाहको क्रेजको पनि अहिले सिनेवृतमा चौतर्फी चर्चा हुन थालेको छ । हामीले पललाई प्रश्न गर्‍यौँ, 'के तपाई भएकै कारण फिल्म हिट हुन सक्छ ?' पलले उत्तर दिए, 'म मात्रैले फिल्म चल्छ भन्ने छैन । हिट हुन फिल्म आफैमा राम्रो हुनु पर्छ र टिमको साथ हुन आवश्यक छ । दुई-तीनदिन मेरो कारणले फिल्म चल्ला तर अरु दिन त फिल्म राम्रो भएमात्र दर्शकहरु हल जानुहुन्छ । त्यसैले मलाई लाग्दैन म भएकै कारण फिल्म हिट हुन्छ ।' 'जोनी जेन्टलम्यान'मा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ । फिल्मलाई नीतिन चन्दले निर्देशन गरका हुन् ।