Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कंगना पागल केटी : आदित्य पंचोली

एजेन्सी, मुम्बई, 2017/09/06
 
कंगना रनौतले हालैमा ‘आप की अदालत’ शोमा दिएको बोल्ड उत्तरले अहिले बलीउडमा धूम मच्चाएको छ । फिल्म ‘सिमरन’ को प्रमोशनका लागि शोमा गएकी कंगनाले आफ्नो जीवनसँग जोडिएका कयौँ किस्सामाथि विचार राखिन् ।  
 
कंगनाले ऋतिक रोशन, करण जौहर, आदित्य पंचोली र अध्ययन सुमनको बारेमा मज्जलै आफ्नो भनाई राखेकी थिइन् । कंगनाको अन्तर्वार्तालाई कतिले समर्थन गरेका छन् भने कतिले आलोचना पनि गरेका छन् । कंगनाको अन्तर्वार्तापछि अभिनेता आदित्य पंचोलीले आफ्नो धारणा राखेका छन् । मिडिया रिपोर्ट्सका अनुसार, आदित्यले कंगनालाई पागलको संज्ञा दिएका छन् ।
 
आदित्यले एक अन्तर्वार्तामा भने, 'तपाईहरुले उसको अन्तर्वार्ता हेर्नुभयो ? तपाईहरुलाई लाग्दैन कोही पागल मान्छे कुरा गरिरहेको छ । हामी फिल्म इन्डस्ट्रीमा लामो समयदेखि काम गरिरहेका छौ तर कसैले पनि यस्तो कुरा गरेनन् । म के भनुँ, कंगना पागल केटी हो । यदी तपाई हिलोमा ढुंगा फ्याक्नुहुन्छ भने हिलो आफैँ तिर आउँछ ।'
 
आदित्यले अगाडि भने, 'कंगनाले सबै कुरा झुटो बोलिरहेकी छिन् । म उसको विरुद्धमा लिगल एक्सन लिनेछु । मेरो परिवार उनको कुराबाट निकै दुखी हुनुहुन्छ । म र मेरो पत्नी कंगनाको विरुद्धमा लिगल एक्सन लिन जाँदैछौ ।' सुजैन खानले आफ्नो पूर्वपति तथा अभिनेता ऋतिक रोशनलाई समर्थन गरेकी छिन् ।
 
Most Visited News (monthly)