Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

'मंगलम'को फस्ट लुक सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2017/09/05
 
असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म 'मंगलम'को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । फिल्ममा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुकमा अटाइएको छ । पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्प खड्का र पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ । 
 
मंगलवार मात्र 'मंगलम'को प्रदर्शन मिति असोज ११ गतेलाई फाइनल गरिएको हो । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । 
 
फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । निर्माता छविराज ओझाका अनुसार, केही दिनमा नै फिल्मको ट्रेलर समेत सार्वजनिक हुनेछ । यो फिल्म असोज ११ गते 'छक्का पन्जा २' सँग भिडन्त गर्दैछ । 
Most Visited News (monthly)