मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'बादशाहो'ले कमायो ५० करोड

फिल्मीखबर, काठमाण्डौ, 2017/09/05
 
नेपालमा दमदार कलेक्सन गर्न नसकेको अजय देवगन, इमरान हाशमी, इलियाना डीक्रूज र ईशा गुप्ताको मुख्य भूमिका रहेको मल्‍टीस्‍टारर फिल्‍म 'बादशाहो'ले भारतीय बक्स अफिसमा भने कमाल गरेको छ । यो फिल्मले प्रदर्शनको चार दिनमा ५० करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले भारतबाट मात्र प्रदर्शनको पहिलो दिन १२.६०, दोस्रो दिन १५.६०, तेस्रो दिन १५.१० र चौँथो दिन ६.८२ करोड कलेक्सन गर्‍यो । 
 
यो फिल्म घरेलू बक्स अफिसमा २८ सय र विदेशको ४४२ स्क्रिनमा प्रदर्शन भैरहेको छ ।  क्रिटिक्सको दिल जित्न सफल नभएपनि फिल्मले दर्शकलाई भने खुसी बनाएको छ । 'बादशाहो'को पहिलो दिनको कलेक्सन अजय देवगनको पछिल्लो रिलिज दुई फिल्म 'शिवाय' र 'एक्‍शन ज्याक्‍सन'भन्दा बढी हो । अजय देवगनको 'शिवाय'ले पहिलो दिन ९.१९ करोड र 'एक्‍शन ज्याक्‍सन'ले १०.३७ करोड कलेक्न गरेको थियो ।  
 
मिलन लूथरियाको 'बादशाहो' एक पीरियड ड्रामा फिल्म हो । मिलनले यसअघि 'वान्स अपन अ टाइम इन मुम्बई' र 'डर्टी पिक्चर' बनाएका थिए ।