मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

असोज ११ : 'छक्का पन्जा २' र 'मंगलम'को भिडन्त पक्का

फिल्मीखबर, काठमाण्डौ, 2017/09/05
 
यस वर्षको सबैभन्दा ठूलो भिडन्त असोज ११ गते हुने पक्का भएको छ । वर्षका दुई प्रतिक्षीत फिल्म एकै मितिमा जुध्ने भएपछि अहिले सबैको ध्यान फिल्म 'छक्का पन्जा २' र 'मंगलम'तर्फ मोडिएको छ । असोज ११ गतेलाई सबैभन्दा अगाडि फिल्म 'मंगलम'ले रिलिज घोषणा गरेको थियो तर गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पन्जा'को नेम सिक्वेल 'छक्का पन्जा २' ले पनि यही मिति ताक्यो । 'छक्का पन्जा २' ले असोज ११ रोजेपछि 'मंगलम' केही साता पछाडि सर्ने चर्चा पनि राम्रै चलेको थियो । तर, अब 'मंगलम' पनि असोज ११ गतेबाटै देशव्यापी प्रदर्शनमा आउने भएको छ । 
 
सोमवार मात्र फिल्म वितरक गोपालकाजी कायस्थ र निर्माता छविराज ओझा बिचमा 'मंगलम' असोज ११ गतेबाट प्रदर्शनमा ल्याउने सम्झौता भएको छ । यसअघि यो फिल्म एफडी कम्पनीले वितरण गर्ने फाइनल भएको थियो । एफडीका अध्यक्ष नरेन्द्र महर्जनले केहीदिन अगाडि 'फिल्मखबर डटकम'सँगको कुराकानीको क्रममा छवि ओझालाई 'सेल्फ ल्यान्डिङ' गर्न नयाँ मिति तय गर्ने बताएका थिए । तर, छविराज ओझा असोज ११ गते नै 'मंगलम' रिलिज गर्ने निर्णयबाट पछाडि नहटेपछि यो फिल्म वितरणको जिम्मा गोपालकाजी कायस्थले लिएको खबर छ । 
 
छविराज ओझाले फिल्मीखबरसँग कुराकानी गर्दै भने, 'मैँले सबैभन्दा अगाडि 'मंगलम'को रिलिज असोज ११ गतेलाई फाइनल गरेको थिएँ । केही महिना मलाई वितरकले कहिले के कहिले के भनेर घुमाए ।  ममाथि वितरकहरुले घात गरेँ । तर मैँले कसैको नसुनेर असोज ११ गतेबाट पछाडि नहट्ने भनेरै बसेको थिएँ । अब आजबाट फिल्मको प्रचार प्रसार सुरु गर्छौ ।' 
 
छविराज ओझा आफ्नो प्रत्येक फिल्मको प्रचार ३ महिना अगाडि गीत सार्वजनिक गरेर सुरु गर्ने गर्छन् । तर, 'मंगलम' भने अब रिलिज हुन २० दिन पनि बाँकी छैन् । छविराज ओझाका अनुसार, भोलीबाट फिल्मको ट्रेलर र गीत सार्वजनिक गर्ने काम सुरु हुनेछ । शिल्पा पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा शिल्पा, पृथ्वीराज प्रसाई, पुष्प खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।