मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो छ 'ऐश्वर्य' पोष्टर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/05

 
'तिमी रोएको पल' बोलको गीतबाट निकै चर्चामा रहेको फिल्म 'ऐश्वर्य'को पोष्टर सार्वजनिक भएको छ । फिल्मले कथाको थिमलाई सार्वजनिक पोष्टर मार्फत प्रस्ट्याउने कोशिस गरेको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार फिचरिङ छन् । 
 
पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त बिचको टक्करलाई देखाउन खोजिएको छ । टौवा क्रियसनले पोष्टर डिजाइन गरेको हो । रमेश उप्रेतीले फिल्मको विषयमा जानकारी दिँदै भने, 'टिजर सार्वजनिक भएसंगै फिल्मको विषयवस्तुलाई केहि हदसम्म दर्शकले बुझीसक्नु भएको छ भने यसलाई थप पोष्टरले प्रस्ट्याएको छ । कलाकारको रुपमा लामो समय बिताएता पनि निर्माताको रुपमा म डेब्यु गर्दैछु । यो फिल्मको कथा विल्कुलै फरक छ त म भन्दिन तर म र मेरो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेका छौ ।' 
 
फिल्ममा रमेश, प्रशान्त र दीपिकाको अलावा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप बरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ ।