मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कक्षा ९ मा पढ्दै करिश्मा मानन्धर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/05
 
पढ्ने चाहनेलाई उमेरले छेक्दैन भन्ने कुराको गतिलो उदाहरण बनेकी छिन् नायिका करिश्मा मानन्धर । ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेपछि फिल्म क्षेत्रमा होमिएकी करिश्मा अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी छिन् । 
 
हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आवद्ध करिश्माले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘म पुनः नियमित अध्‍ययनमा लागेकी छु। नियमित कक्षामा जान त सक्दिन्। तर अध्‍ययन भने त्रिवेणीमा अध्ययन गर्न थालेकी छु।’  
 
१४ वर्षको उमेरदेखि अभिनय सुरु गरेकी करिश्माले त्यसपछि पढाइ छुटेको बताइन्। ‘१४ वर्षबाट सिनेमामा काम गर्न थालेँ, पढाइ छोड्नैपर्‍यो’ उनले भनिन्, ‘सिनेमामा त मैले पिएचडी नै पास गरेको छु जस्तो लाग्छ।’ 
 
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पढ्ने र सिक्ने कुरा आर्यघाटमा पुग्दासम्म जारी रहने भन्दै करिश्मा मानन्धरले स्कुल भर्ना हुनु नौलो नभएको बताए । करिश्मा नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागकी प्रमुख पनि हुन् ।