मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र आँचलको सुहाएको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2017/09/04
 
'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएका नायक हुन् पल शाह । यो फिल्मभन्दा अगाडि पलले दुईसय भन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका थिए । म्यूजिक भिडियोबाटै लोभलाग्दो क्रेज बनाएका पललाई विकासराज आचार्यले 'नाई नभन्नू ल'को चौंथो सिक्वेलबाट ब्रेक दिए । 'नाई नभन्नू ल ४' सफल भयो । पहिलो फिल्म सफल भएपछि पलको माग र चर्चा एकाएक ह्वात्तै बढ्यो । यूवती फ्यानका धनी पलको दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' असार ३० गते प्रदर्शनमा आयो । पलको दोस्रो फिल्म पनि हिट भयो । 
 
 
नायक पल शाह नायिका आँचल शर्मासँगको प्रेममा रहेको खबर केही महिनायता नेपाली मिडियामा खुबै छाइरहेको छ । तर, उनीहरु एकअर्कालाई साथी मात्र भन्छन् । यो जोडीले फिल्म 'नाई नभन्नू ल ४' एकसाथ काम गरेका थिए । दर्जनौं म्यूजिक भिडियोमा पनि एकसाथ काम गरेका पल र आँचल फिल्म 'नाई नभन्नू ल ४' बाट प्रेममा फसेको चर्चा छ । 
 
 
यो जोडीले 'नाई नभन्नू ल ४' पछि फिल्म 'जोनी जेन्टलम्यान'मा काम गरे । यो फिल्म भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । अहिले आँचल जहाँ हुन्छिन् त्यहाँ पलको खोजी हुन्छ भने पल जहाँ एक्लै पुग्छन् त्यहाँ आँचललाई खोजिन्छ । यी दुई एकसाथ भए भने त झन उनीहरुको प्रेम सम्बन्धको गाइँगुइँ बहस नै सुरु हुन थाल्छ । मिडियाको अगाडि पनि उनीहरु प्रेम सम्बन्धको विषयमा प्रश्न तेर्सिदा तर्किन खोज्छन् । 
 
केहीदिन अगाडि राजधानीमा पल र आँचल अभिनित फिल्म 'जोनी जेन्टलम्यान'को 'जब जब तिम्रो साथ' बोलको तेस्रो गीत सार्वजनिक कार्यक्रम थियो । गीत सार्वजनिक कार्यक्रममा पलले आँचलको हात समात्दै मिडियाको क्यामेरा अगाडि पोज-पोजका तश्वीर खिचाए । गीत रिलिज कार्यक्रमको सबैभन्दा आकर्षक नै पल र आँचल थिए  । 
 
 
कार्यक्रममा उपस्थित चलचित्रकर्मीदेखि पत्रकारले पल र आँचलको जोडीको तारिफ गर्न छाडेनन् । वन पिस पहिरनमा पुगेकी आँचल आकर्षक देखिएकी थिइन् । 'जोनी जेन्टलम्यान'को 'जब जब तिम्रो साथ' बोलको गीतमा पनि पल र आँचलको केमेष्ट्रीलाई निकै रुचाइएको छ । अब पर्दामा भने यो जोडी फेरि कत्तिको हिट हुन्छ त्यो भने हेर्न बाँकी छ ।
 
तश्वीर : विवेक बस्याल