मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रियंका बनाउँदैछिन् सिक्स प्याक

एजेन्सी, मुम्बई, 2017/09/04
 
 
बलीउड अभिनेत्री प्रियंका चोपडा अहिले सिक्स प्याक बडी बनाइरहेकी छिन् । यसअघि प्रियंकाले फिल्म ‘मेरीकोम’ मा बक्सर मेरीकोम जस्तै देखिनका लागि यस्तो मिहिनेत गरेकी थिइन् । एकपटक फेरि उनले आफ्नो बडी बनाउनका लागि पसिना बगाइरहेकी छिन् । प्रियंका हलीउड फिल्म ‘इसन्ट इट रोमान्टिक’ का लागि सिक्स प्याक बनाउन लागेकी हुन् । 
 
फिल्ममा उनले योग सिकाउने महिलाको भूमिका निर्वाहा गर्दैछिन् । प्रियंकाले केही दिन अगाडि न्यूयोर्कमा यो फिल्मको केही सीनको सुट पनि गरेकी थिइन् । ‘इसन्ट इट रोमान्टिक’ का निर्देशक टोड स्ट्रोस श्कलसन हुन् । प्रियंकाले हलीउड ड्रामा सीरीज ‘क्वान्टिको’का लागि पनि आफ्नो बडी कसिलो बनाउन खुबै मिहिनेत गरेकी थिइन् ।